प्रदीप खड्का र जसिता गुरुङ स्टारर फिल्म ‘लभ स्टेशन’को ट्रेलर रिलिज गरिएको छ। मंगलबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर रिलिज गरेको हो। ट्रेलरमा प्रदीप र जसिताको प्रेम, रोमान्स र रोदन जोडिएको छ। उनिहरुको प्रेममा प्रकाश शाह खलपात्र बनेका छन्।
चैत्र २२ लाई प्रदर्शन मिति तय गरेको फिल्मलाई उज्जल घिमिरेले निर्देशन गरेका हुन। यो फिल्मका निर्देशक हुन् । गोविन्द शाहिको निर्माणमा तयार भएको फिल्ममा रमेश बुढाथोकी, शिरु बिष्ट, प्रिया रिजाल, कालु राना, दिनेश काफ्ले, रश्मी पाण्डे, रिशु खरेल, ज्वलन्त गौतम लगायतको पनि अभिनय रहेको छ।
आलोक शुक्लाले खिचेको फिल्मलाई अर्जुन जिसी र लोकेश बज्राचार्यले सम्पादन गरेका छन्।