रिलिजको तयारीमा रहेको फिल्म ‘जानी नजानी’का नायक मनिष श्रेष्ठ र नव नायिका निरिशा बस्नेतबिचको चुम्बन सार्वजनिक भएको छ। सार्वजनिक तस्बिरमा मनिष र निरिशाले एक अर्कालाई ओठमै चुम्बन गरेका छन्।
चैत १ गतेदेखि प्रदर्शनमा आउने ‘जानी नजानी’को प्रचार प्रसारलाई सहयोग पुग्ने हेतुले हिरो र हिरोइनको यस प्रकारको तस्बिर सार्वजनिक गरिएको बुझिन्छ।
बसन्त अधिकारीले निर्देशन गरेको फिल्ममा मनिष र निरिषासँगै सुमि मोक्तान, सन्नी सिंह, नम्रता श्रेष्ठ, प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायत कलाकारहरुको अभिनय रहेको छ।
सागर काजी माली र मोदनाथ खनालले निर्माण गरेको फिल्ममा कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाको रहेको छ। संजय लामाले खिचेको फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन्।