हामी सोच्छौ पर्दामा देखिने सेलिब्रिटीको वास्तविक जिन्दगी निकै रमाइलो हुन्छ । पर्दामा हामीले देखेको सेलिब्रिटीको रमाइलो क्षणलाई हामी उनीहरुको वास्तविक जिन्दगी पनि त्यसरी नै तुलना गर्छौ । तर त्यस्तै विल्कुलै हुँदैन । केही हदसम्म हामीले सोचेको आलिसान जिन्दगी उनीहरुले विताएपनि वास्तविक जिन्दगी कुनै कुनै सेलिब्रिटीको निकै कहाली लाग्दो पनि हुन्छ । तर ति कुराहरु खासै तपाईहरुले सुन्न र हेर्न पाउनु भएको हुँदैन । त्यस्तै मध्येकी एक हुन् सुप्रशिद्ध गायिका ब्रिट्नी स्पियर्स । उनको जिन्दगी हामी जति सुखद छ भन्ने ठान्छौ त्यति नै दर्दनाक पनि छ । उनको गीत मन पराउने प्रशंसकहरु विश्वभर छन् । तर उनको वैवाहिक जिन्दगी भने ५५ घण्टा भन्दा लामो रहन नसकेको कुराले तपाई चकित पर्नु हुन्छ । हो उनको बिबाह ५५ घण्टाभन्दा लामो रहन सकेन ।
स्पियर्सको यो विवाह जेसन एलेक्जेन्डरसँग भएको थियो । यि दुवै बाल्यकालका साथी थिए । सन् २००४ मा यी दुईबीच विवाह भएको थियो । सन् २००४ को नयाँ बर्षमा जेससनलाई स्पियर्सले बोलाइन । उनीहरु प्राइभेट जेटमा लस भेगाससम्म् पुगे । तर केही घण्टापछि उनीहरुको बैवाहिक सम्बन्ध नै टुंगियो । यही विषयमा केही दिन अगाडी गायिका ब्रिट्नीले भनिन्, ‘त्यो कुनै विवाह नै थिएन । त्यो त मात्र एउटा साथीले अर्को साथीलाई बोलाएको कुरा मात्र थियो ।’ स्पियर्सले आफुलाई तत्काल बोलाएको र विवाहको प्रस्ताव गरेकाले यो अकस्मात भएको घटनाको रुपमा जेसनले बताए । ‘तर यो सकियो पनि’ उनले अगाडी भनिन्, ‘जसरी सुरु भएको थियो त्यसरी नै अन्त्य पनि भयो ।’