बलीउडमा एक कलाकारको खोइरो अर्को कलाकारले झार्ने गरेको हामी सबैले बेला बखतमा देख्दै आइरहेकै छौ । ऊ भन्दा म आफै महान भन्ने सोचका कारण बलीउड कलाकारहरुले एकअर्काको आलोचना गर्ने परम्परा अहिले राम्रैसँग बसेको छ । मिडियामा गसिप बनाउनका लागि पनि बलीउड कलाकारहरु अर्को कलाकारको विषयमा विभिन्न टिकाटिप्पणीहरु गरिरहेका हुन्छन् । त्यस्तै केही दिन अगाडी बलीउड अभिनेत्री दीपिका पादुकोणले आफु गर्भवती नभएको भन्दै मिडियामा अन्तर्वार्ता दिएपछि अहिले यो खबर राम्रै भाइरल बनेको छ । रणवीर सिंहसँगको प्रेमसम्बन्धमा रहेकी दीपिकाले मिडियामा यस्तो अभिव्यक्ति दिएपछि अर्की बलीउड अभिनेत्री करिना कपुरको मन दुखेको छ ।
यसअघि दीपिका गर्भवती भएको खबरहरु मिडियामा कतै नआएको बेला उनले एक्कासी आफु गर्भवती नभएको बताएपछि दीपिकाले करिना कपुरलाई घोच मारेर भनेको हुन सक्ने धेरैले अनुमान लगाएका छन् ।
यही बिच करिनालाई भने दीपिकाको उक्त अभिव्यक्तिले मन दुखाएको केही भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । केही दिनदेखी करिना कपुर छोराको आमा बन्न लागेको खबर सर्वत्र छ । यही विषयमा दीपिकाले करिनालाई घोच मार्दै अभिव्यक्ति दिएको हुन सक्ने भारतीय मिडियाहरुको दाबी छ । दीपिकाले यसो भन्नुको पछाडी एक कारण पनि छ त्यो भने केही महिना अगाडी करिनाले आफु कहिले पनि हलीउड चलचित्रमा काम नगर्ने बताएकी थिइन । उनले दीपिकालाई घोच मार्दै आफु बलीउडबाटै खुसी रहेको अभिव्यक्ति दिएकी थिइन । दीपिका अहिले हलीउड चलचित्रमा एकपछि अर्को गर्दै व्यस्त भइरहेकी छिन् ।