प्रसिद्ध रियालिटी टीभी स्टार किम कार्दासियन न कहिले विवादबाट टाढा रहन सक्छिन् न त विवाद नै किमबाट टाढा रहन सक्छ । उनी जहाँ जान्छिन् त्यहाँ नै उनको विवाद सुरु हुन थाल्छ । उनीले दिने अभिव्यक्तिले भन्दा पनि उनको बोल्ड छविका कारण उनी विशेषत चर्चा र विवादमा तानिरहेकी हुन्छिन् । त्यही क्रममा हालै उनले फेरी अर्को बोल्ड तस्बिर आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छिन् । उक्त तस्बिरहमा किम निकै हट देखिएकी छिन् । खबरका अनुसार किमले एडल्ट इन्टरटेनमेन्ट इन्डस्ट्रीबाट साढे दुई करोड डलरको अफर पाएकी छिन् । भिभिड इन्टरटेनमेन्ट कम्पनीका संस्थापक अध्यक्ष स्टिभ हिर्सनले किम र उनका श्रीमानलानई साढे २ करोडको अफर गरेका हुन् । स्टिभले यति ठुलो रकम किम र उनका श्रीमानलाई सेक्सटेप बनाउन दिएका हुन् । यद्यपी, यस विषयमा हालसम्म किम र कान्येले केही भनेका छैनन् ।