आउँदो तिहारमा प्रदर्शन हुन लागेको चलचित्र राधाको नयाँ गीत रिलिज भएको छ । यस अघि पूर्वेली फ्लेवरमा लोक प्यार्टनको मारुनि गीत रिलिज गरेको राधा टिमले यस पटक पनि पूर्वेली फ्लेवरमा लोक प्रकारकै नयाँ गीत रिलिज गरेको छ । सार्वजनिक चलचित्र ‘राधा’को ‘आँखालाई के दोष’ बोलको गीतमा बसन्त सापकोटाको शब्द र संगीत रहेको छ । गीतमा स्वर प्रल्हाद तिम्लिसना र मिलन अमात्यको छ । गीतमा कोरियोग्राफी चाँहि कविराज गहतराजको हो । जीवन लुइँटेल र संचिता लुइँटेल मूख्य भूमिकामा रहेको यस चलचित्रका गीतका दृश्यहरु भारतको दार्जेलिङ स्थित विभिन्न क्षेत्रमा कैद गरिएका छन् । यो चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका हुन् ।