शुक्रबारबाट फिल्म ‘मारूनी’ प्रदर्शनरत छ। फिल्म हेरेका अधिकांश दर्शकले फिल्मलाई निकै रुचाएका छन्। फिल्मको विषयबस्तु र प्रस्तुतीलाई दर्शकले रुचाएका छन्।
यस्तैमा शुक्रबार नै फिल्म मारूनी हेर्नको लागि नायक अनमोल केसी र नायक भुवन केसी हलसम्म पुगेका छन्। उनीहरुले बेलुकीको शोमा मारूनी हेरेका हुन्। फिल्म हेरेपछि अनमोल र भुवनले फिल्मलाई निकै राम्रो प्रतिकृया दिएका छन्।
अनमोलले फिल्म हेर्दै गर्दा आफू भावुक भएको बताएका छन्। भुवनले पनि दर्शकको रुचि अनुसारको फिल्म बनेकोले दर्शकलाई हेर्न सुझाएका छन्।
नवल नेपालको निर्देशनमा बन्न लागेको यस फिल्ममा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ, अर्जुन श्रेष्ठ लगायतको मुख्य भूमिका रहेको छ। फिल्मलाई पूनम गौतमले निर्माण गरेकी हुन्। राजा प्रधान, दर्शन केसी र मिना क्षेत्री सह-निर्माता रहेको फिल्मलाई गोविन्द फुँयाल र निर्देशक नेपालले लेखेका हुन्।