अशोक शर्माको निर्देशनमा बनेको फिल्म ‘रातो टिका निधारमा’ ट्रेलर सार्वजनिक भएको छ। मंगलबार युट्युबमार्फत् फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। फिल्मका प्राय: कलाकार फिचर गरिएको ट्रेलरमा फिल्मको मुख्य विषयबस्तुलाई केन्द्रित गरिएको छ।
असोज १० गतेबाट रिलिज हुने यस फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, खुस्बु खड्का, बसुन्धरा भुसाल, रविन्द्र झा, शिव हरी पौड्याल, लक्ष्मी गुरुङ लगयतको मुख्य भूमिका रहेको छ। यसै फिल्मबाट नायक अंकित शर्माले डेब्यु गर्दैछन्।
अशोक शर्माले नै लेखेको यस फिल्ममा वैदेशिक रोजगारीको कथालाई समेटिएको छ। किरण शर्मा र कृति शर्माले निर्माण गरेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन तथा मित्र देव गुरुङको सम्दान रहेको छ।