फिल्म ‘चपली हाइट ३’को घोषणा गरिएको छ। मंगलबार पत्रकार सम्मेलन गरी फिल्मको घोषणा गरिएको हो। फिल्म सस्पेन्स र थ्रिलर कथामा बन्ने बताइएको छ।
फिल्मको तेश्रो सिरिजमा कलाकार आमिर गौतम मात्र दोहोरिएका छन् भने नायिका स्वस्तिमा खड्का, सुपुष्पा भट्टको साथमा नव–कलाकार महेश त्रिपाठीले फिल्ममा प्रवेश गरेका छन्। अर्जुन कुमार र केडिसी हस्पिटलको संयुक्त लगानीमा बन्न लागेको यो फिल्मलाई निकेश खड्काले निर्देशन गर्दैछन्।
कात्तिकबाट छायांकनमा जान लागेको फिल्मलाई चैत्रमा रिलिज गर्ने तयारी समेत गरिएको छ।