बलिउड नायिका जान्वी कपुर नयाँ पुस्तामा रुचाइएकी नायिका हुन्। हालै जान्वीको विषयमा नयाँ समचार बाहिरिएको छ। जान्वीले बलिउडमा मात्र हैन्, साउथ फिल्ममा पनि काम गर्ने भएकी छिन्। जान्वीलाई साउथ फिल्मबाट अफर आएको छ।
खबरका अनुसार जान्वीलाई ‘अर्जुन रेड्डी’ स्टार विजय देवगरकोन्डाको जोडी बन्नको लागि अफर गरिएको हो। फिल्म रोमान्टिक जनरामा निर्माण हुने बताइएको छ। नाम पक्का भइनसकेको यस फिल्मलाई जगन्नाथ पुरीले निर्देशन गर्नेछन्।
जान्वीलाई निर्देशक पुरीले नै अफर गरेका हुन्। जन्वी र निर्माण पक्षबीच मौखिक सहमति भइसकेको छ। तर, लिखित सम्झौता भने भएको छैन्।
जान्वी आफैँ नायक विजयको फ्यान हुन्। जान्वीले एक अन्तरवार्तामा आफूलाई विजय निकै मन पर्ने र उसँग काम गर्ने इच्छाख भएको बोलेकी थिइन्। जान्वीको यो चहाना पनि छिट्टै पूरा हुने भएको छ। खबरका अनुसार फिल्म आगमी महिनाबाट छायांकनमा जानेछ।