आज शुक्रबारबाट फिल्म कबड्डी कबड्डी कबड्डीले आफ्नो प्रदर्शन आरम्भ गरेको छ। प्रतिक्षित फिल्मको रुपमा हेरिएको यस फिल्मको सुरुवाती व्यापार निकै आक्रमक छ।
मल्टिप्लेक्स हलदेखि सिंगल थिएटरमा पनि फिल्मले आफ्नो पक्कड जमाएको छ। मेफसलमा पनि फिल्मको व्यापार निकै राम्रो भएको वितरकको भनाई छ। लामो समयपछि हलमा यत्तिका दर्शक आएको हलवालले बताइरहेका छन्।
रामबाबु गुरुङको निर्देशनमा बनेको यस फिल्ममा दयाहाङ राई, कर्मा, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, विल्सन विक्रम राई, बिजय बराल लगायतको अभिनय रहेको छ।
दुई सफल सिरिजको तेस्रो सिरिज भएका कारण पनि फिल्मलाई धेरै फाइदा भएको छ। दुई फिल्मको सफलताको क्रेडिट कबड्डी ३ ले पाएको छ। फिल्म हेरेका दर्शकले फिल्मलाई रुचाएका पनि छन्।