फिल्म ‘प्रेम गीत ३’को छायांकन सुरु भएको छ। काठमाडौंको दक्षिणकाली मन्दिरमा पूजा गर्दै फिल्मको शुभ मुहूर्त गरिएको हो।

मुहूर्त कार्यक्रममा निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, कलाकारहरु प्रदीप खड्का, मनिष राउत, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी लगायतको उपस्थिति रहेको थियो।
चैत २८ गते रिलिज हुने फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवाको पनि मुख्य भूमिका रहेको छ।
सफल फिल्म ‘प्रेम गीत’को तेस्रो सिरिज ‘प्रेम गीत ३’लाई सन्तोष सेनले नै निर्माण गर्दैछन्। फिल्म निर्देशनको जिम्मा भने छेतेन गुरुङ र निर्माता सेनको रहेको छ। छेतन र मन्दिप श्रेष्ठ मिलेर लेखेको फिल्मलाई राजेश श्रेष्ठले खिच्नेछन् भने सम्पादन वनिष शाह र भुपेन्द्र अधिकारीले गर्नेछन्।
फिल्मकै लागि भनेर निर्माण पक्षले भव्य सेट तयार गरेको छ। सेटमा निकै मंहगो लगानी गरेको यस फिल्मको बजेट पनि उच्च छ। फिल्मले २ सय वर्ष पूरानो दरवारको कथालाई प्रस्तुत गर्नेछ।