फिल्म
‘सरौतो’को प्रोमोशनल गीत सार्वजनिक भएको छ। सार्वजनिक
गीतमा र्यापर समिर घिसिङ ‘भिटेन’को स्वर रहेको छ।
गीतमा भिटेन कै शब्द तथा संगीत रहेको छ। भिटेनले
पहिलो पटक फिल्मको
गीत गाएका हुन्।

भिडियोमा भिटेनसँगै फिल्मकी मुख्य नायिका सुमि मोक्तान र मुख्य कलाकार विजय लामा पनि देखिएका छन्। गीतमा रिभेन्जको कथालाई प्रस्तुत गरिएको छ।
मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्ममा सुमि र विजयसँगै सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम लगायतको पनि अभिनय छ। हरी हुमागाईंले निर्देशन गरेको फिल्ममा सुमिलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ।
‘बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर स्टुडियो’को संयुक्त ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मी कुमारी तमाङले निर्माण गरेकी हुन्। राघव कृष्ण गौतमको लेखन रहेको फिल्मलाई उत्तम हुमागाईंले खिचेको हुन्।