फिल्म ‘म यस्तो गीत गाउँछु २’को एक गीतको छायांकन सकिएको छ। ‘तिम्रो घरको वरिपरी’ बोलको गीतको छायांकन नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरिएको छ। करिब ७ दिन लगाएर यसको टिमले यस गीत खिचेको हो।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरु नायिका पूजा शर्मा र नायक पल शाह रोमान्टिक देखिएका छन्। रामजी लामिछानेको कोरियोग्राफी रहेको भिडियोमा ५ सय बढि कोरस प्रयोग गरिएको छ। गीतको भिडियोलाई सौरभ लामाले खिचेका छन्। अर्जुन पोखरेलको संगीत रहेको यस गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ।

सुदर्शन थापाको निर्देशनमा बनेको यस दिनेश डीसी, हरिहर शर्मा लगायतका कलाकारको पनि अभिनय छ। सांगीतिक प्रेमकथामा आधारित यस फिल्मलाई शिवम् अधिकारीले लेखेका हुन्। फिल्मलाई सुदर्शन थापा प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको हो।

सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको फिल्ममा जन्मजय साम्पाङ राइ सह–निर्माताको रुपमा छन्। फिल्मले फागुन २३ लाई रिलिज लक्ष्य राखेको छ।
