बलिउड नायक सलमान खान निकै दयालु देखिन्छन् । उनी दयालु हुन थालेको पछिल्लो एक दशक मात्र भयो । त्यो अघि उनको शैलीले धेरैलाई तनाव पनि दिएको छ । ‘दंबग ब्याई’ सलमानले धेरै ठाउँमा आफ्नो दंबग रुप देखाएका छन् । सलमानले धेरै चोटी अरुलाई थप्पड हानेका छन् ।
जब सलमानले थप्पड हानेको कुरा आउँछ, त्योसँगै बलिउडका केही सेलिब्रिटिहरुको नाम पनि सँगै जोडिएर आउँछ । सलमानले बलिउडका नाम चलेका कलाकारको गालामा पनि थप्पड बजारेका छन् ।

उनको थप्पड खाने कलाकारहरु:
रणवीर कपुर – सलमानले रणवीर कपुरलाई थप्पड हानेका छन् । रणवीर बलिउडमा नाआउँदै सलमानको थप्पड खाएका थिए । सलमान र रणवीर एक पार्टीमा सहभागी थिए । त्यो बेला सलमानले रणवीरलाई चिन्दैन थिए । त्यहाँ उनीहरु बिच विवाद भयो र सलमानले रणवीरको गालामा थप्पड मारे ।
ऐश्वर्य राय – सलमानको यस्तो स्वभाव उनको पूर्व प्रेमिका तथा नायिका ऐश्वर्या राय बच्चनसँग पनि देखिएको थियो । जुन समय सलमान र ऐश्वर्या प्रेममा थिए, त्यो समय सलमानले ऐश्वर्याको गालामा थप्पड मारेका थिए । ऐश्वर्या आफैले पनि सलमानले आफूलाई कुटपिट गर्ने गरेको बोलेकी छिन् । उनीहरुको ब्रेकअपको कारण पनि यही बताइन्छ ।
कट्रिना कैफ – सलमान अर्की प्रेमिका तथा नायिका कट्रिना कैफलाई समेत थप्पड हानेका छन् । कट्रिनालाई भने सलमानले छोटो लुगा लगाएको भन्दै थप्पड हानेका थिए । ‘एक था टाइगर’को छायांकनको समयमा कट्रिनाले छोटो कपडा लगाइन् । जुन कुरा सलमानलाई मन परेन । उनले आफ्नो रिसलाई रोक्न सकेनन् र कट्रिनाको गालामा थप्पड हाने ।
सुभाष घइ – सलमानले फिल्म मेकर सुभाष घइको गाला चड्काएको कुरा आफै स्विकारेका छन् । उनीहरुको आन्तरिक विवादको कारण सलमानले थप्पड मारेका थिए । विवाद चुलिदै गएपछि सुभाषले सलमानको गर्धनमा समाते । सलमानको क्रोधको सिमा रहेन । उनी जुरुक्क उठे र सुभाष घइको गालामा तेजिलो थप्पड मारे ।