‘यो कुरा गोप्य’ टिमसँग सहकार्यमा प्रमोद खरेलको नयाँ गीत सार्वजनिक भएको छ। बुधबार ‘लुकी लुकी चोरी चोरी’ बोलको गीत सार्वजनिक गरिएको हो। उक्त गीतमा तारा अधिकारीको शब्द तथा रमेश कडरियाको संगीत रहेको छ।

भिडियोमा यो कुरा गोप्यमा सहकार्य गरेका नाजिर हुसेन र एलिशा राई फिचर छन्। उनीहरुको जोडीलाई यो कुरा गोप्यमा निकै रुचाइएको थियो। त्यसैले पनि पुन उनीहरुलाई भिडियोमा काम गराइएको हो।
शान थापाको निर्देशनमा बनेको भिडियोलाई अनिल के मानन्धरले खिचेका छन् भने कमल प्रसाईंले ड्रोन चलाएका छन्। राजिव समरको नृत्य निर्देशन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।