‘कबाली’ सुपरहिट भएपछि अहिले ‘कबाली २’ बन्ने चर्चा पनि सुरु भएको छ । खबरका अनुसार ‘कबाली २’ लाई साउथका सुपरस्टार धनुषले प्रोड्यूस गर्नेछन् । ३० अगस्तको धनुषले ट्विटरमा अनाउन्स गरेका छन् कि उनी कबालीका डायरेक्टर पा.रंजीत र रजनीकान्तको साथ एक प्रोजेक्टमा काम गर्नेछन् । धनुषसँग जोडिएको एक सुत्रले बताए अनुसार, उक्त फिल्म ‘कबाली २’ नै रहेको छ । धनुषले कबालीको प्रोड्यूसर कलैपुलि एस.थानुसँग कबाली फ्रेन्चाइजीको अगाडी बढ्नका लागि निर्देशन दिएका छन् । तर यो फिल्म अर्को बर्ष २.० रिलिजपछि मात्र सुरु हुनेछ । धनुषले आफ्नो प्रोडक्शन हाउसबाट काका मुत्तै र विसरनाई जस्ता फिल्म बनाइसकेका छन् । सुत्रले बताए अनुसार, रंजीतले यो आइडिया धनुषलाई दिएका थिए र यसका लागि धनुष राजी पनि भएका थिए । यस पटक कबालीलाई फरक ढंगबाट सार्वजनिक गर्ने तयारी भइरहेको छ ।