बलीउडस्टार सलमान खान अभिनित चलचित्र ‘सुल्तान’ अहिले चौथो हप्तामा प्रदर्शन भइरहेको छ । तेस्रो हप्ताको अन्तिमसम्ममा भारतबाट मात्र २ सय ९३ करोडको विजनेश गरेको सुल्तानले चौथो हप्ताको अन्तिमसम्ममा ३ सय करोड पार गर्ने ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटर मार्फत जानकारी दिएका छन् । यदी चलचित्र सुल्तानले ३ सय करोड कमाए सलमानको यो ३ सय करोड कमाउने दोस्रो चलचित्र हुनेछ । यस अघि चलचित्र बजरंगी भाईजानले भारतबाट मात्र ३ सय करोड माथीको व्यापार गरेको थियो । त्यति मात्र होइन सलमान बलीउडका यस्ता स्टार हुनेछन् जसको २ ओटा फिल्मले ३ सय करोड कमाएको रेकर्ड बनाउनेछ ।
आजसम्म कुनै पनि स्टारको दुई चलचित्रले ३ सय करोड कमाउन सकेका छैनन् । देशव्यापी विजनेश जोड्ने हो भने चलचित्र ‘सुल्तान’ले हालसम्ममा साढे ५ सय करोड कमाइसकेको छ । सलमान खानको स्टार क्रेजका कारण अहिले पनि चलचित्र सुल्तानले चौथो हप्तामा दैनिक १ करोड भन्दा माथीको व्यापार भारतबाट गरिरहेको छ । सलमान, अनुष्का शर्मा, रणदीप हुड्डा लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रले नेपालबाट पनि १० करोडभन्दा माथकिो विजनेश गरेको वितरक कम्पनी गोपीकृष्ण मुभिजले जानकारी दिएको छ ।