गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘शकुन्तला’मा अभिनय गरेका नायक राजेश हमाल केही दिनको अमेरिका बसाईपछि काठमाडौं फर्किएका छन् । चलचित्र ‘शकुन्तला’ रिलिज हुनुभन्दा केही दिन अगाडी अमेरिका हानिएका हमाल चलचित्र रिलिज भएको ५ दिनपछि काठमाडौं फर्किएका हुन् । चलचित्र ‘शकुन्तला’को प्रचारमा नहिँडेको आरोप खेपेका हमाल चलचित्रको रिलिजपछि काठमाडौं फर्किनुलाई अहिले सबैले आचश्र्य मानेका छन् किनकी चलचित्रको प्रमोशन छोडेर अमेरिका हानिएका हमाल चलचित्र रिलिज भएको केही दिन नवित्दै काठमाडौं फकिनुले कतै राजेश र निर्माणपक्ष बिच मनमुटाब त भएको थिएन ? भन्ने अडकल काट्न सुरु भएको छ ।
हुनत, राजेश हमालले अमेरिकामा पुगेपछि एक भिडियो मार्फत चलचित्र शकुन्तला हेरिदिन आग्रह गरेका थिए । पहिलो पटक चलचित्र शकुन्तलामा नारीको अवतारमा देखिएका हमाललाई अहिले दर्शकहरुले निकै रुचाइरहेका छन् । तर चलचित्रले जुन अनुसारको व्यापार गर्ने अपेक्षा निर्माण पक्षले लिएको थियो त्यो भने गर्न सकेको छैन । नायक हमाल अमेरिकामा रहँदा एनआरएनको क्षेत्रीय सम्मेलनमा भाग लिएका थिए भने उनले केही पारिवारिक भेटघाट पनि गरेका थिए ।