सेलिब्रिटीलाई अध्ययन कति आबश्यक छ होला ? तपाईहरुको झट्टै उत्तर आउन सक्छ नपढेपनि केही हुन्न । होइन अब समय फेरिएको छ । चलचित्रक्षेत्रमा लाग्नलाई पनि अब राम्रै अध्ययन हुनु पर्छ भन्नेहरुको जमात अहिले ठुलै भइसकेको छ । अध्ययन गरेका व्यक्तिहरु चलचित्रक्षेत्रमा आउँदा विकासक्रम सँगै चलचित्रको स्तरउन्नती पनि त्यही अनुरुप हुने गर्छ । तर अझै पनि नेपाली चलचित्रक्षेत्रमा राम्रो अध्ययन गरेर आएका व्यक्तिहरु कमै भेटिन्छन् । पढेर भन्दा पनि सुन्दर भए त्यसै हिरोइन र हिरो बन्न पाइन्छ भन्ने मानसिकताका कारण अहिले पनि नेपाली चलचित्रक्षेत्रमा त्यस्ता व्यक्तिहरुको बाहुल्यतामा कमी छैन । तर केही नेपाली सेलिब्रिटीले भने राम्रै अध्ययन गरेका पनि छन् ।
नेपाली नायिकाहरु मध्ये अहिले अध्ययनमा सबैभन्दा अगाडी केकी अधिकारी छिन् । उनले हालै एमबीएमा ग्राजुएस सकाएकी छिन् । शनिबार उनले उपराष्ट्रपति नन्दबहादुर पुनबाट ग्राजुएसनको प्रमाणपत्र लिएकी छिन् । दिक्षित भएपछि उनले कार्यक्रममा बोल्दै आफ्नो आमाबुबाको सपना पुरा गरेको बताइन । उनले आफुलाई दिक्षित भएपछि थप जिम्मेवारी बोध भएको बताउँदै क्रमश अध्ययनलाई अगाडी बढाउँदै जाने पनि बताइन । उनले कार्यक्रममा भनिन्, ‘म आज दिक्षित भइरहँदा यो सोच्दैछु कोशिस गर्नेहरु कहिँले पनि हार्दैनन् । किनकी जित्नका लागि नै कोशिस गर्ने हो ।’ केकी अधिकारी नेपाली चलचित्रक्षेत्रकी एक सफल अभिनेत्री हुन् । राजधानीको अनामनगरस्थित प्रेसिडेन्सल कलेजबाट केकीले उच्च शिक्षा हासिल गरेकी हुन् ।