८९ औं अस्कर अवार्डमा सहभागी हुन ‘विदेशी भाषी विधा’ मा प्रतिस्पर्धाका लागि तीन नेपाली चलचित्र दर्ता भएका छन् । जसमा चलचित्र ‘कालो पोथी’, ‘पशुपतिप्रसाद’ र ‘को आफ्नो’ रहेका छन् । अस्कर अवार्डमा सहभागी गराउन नेपालको अस्कर अवार्ड छनौट समितिले २०७३ भदौ १५ भित्र दर्ता गरिसक्नुपर्ने जनाएको थियो र त्यही अनुसार ‘कालो पोथी’, ‘पशुपति प्रसाद’ र ‘को आफ्नो’ दर्ता भएका छन् । आगामी साता तिन मध्ये एक चलचित्रलाई छनौट समितीले अस्कार अवार्डका लागि सिफारिस गर्ने छ । कालो पोथी र पशुपति प्रसादलाई गएको बर्ष दर्शकहरुले निकै रुचाएका थिए भने को आफ्नो व्यबसायिक रुपमा असफल रहेको थियो । अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा मात्र नेपाली फिल्म अस्करका लागि पठाइनेछ। ८९ औं अस्कर अवार्ड समारोह आगामी २०१७ फेबु्रअरी २६ का दिन अमेरिकाको लस एन्जल्समा आयोजना गरिनेछ।