अमेरिका र बेलायतमा करिब डेढ महिना विताएपछि केही दिन अगाडी मात्र काठमाडौं आएकी नायिका प्रियंका कार्की वुधबार चलचित्र घामपानीको घोषणा सभामा देखिइन । आफ्नो मिल्ने साथी केकी अधिकारी र दयाहाङ राईको मुख्य भुमिका रहेको चलचित्र घामपानीको उद्घोषण नायिका कार्की आफैले गरेकी थिइन । उनले कार्यक्रम सुरु गर्दै गर्दा भनेकी थिइन ‘लामो समयदेखि म नेपालमा नरहेकाले पनि साथीभाइसँग भेटघाट गर्नका लागि जर्बजस्ती आफ्नै करले उद्घोषिका बनेकी हुँ ।’
‘घामपान’ को घोषणा कार्यक्रमपछि उनले एक कुराकानीमा आफु जस्तो नाच्न आउने हिरो नेपाली चलचित्र क्षेत्रमा नै नभएको दाबी गरेकी छिन् । उनले भनेकी छिन्, “डान्समा सधै केटाले नै केटीलाइ लिड गरिरहेको हुन्छ तर अहिले प्राय जसो मैले नै लिड गरिरहनु परेको छ । किनकी अहिलेसम्म मैले परफेक्ट डान्सरसँग डान्स गर्न पाएको छैन ।” उनको यो जबाफपछि हामीले सोध्यौ “दयाहाङ राई र दीपकराज गिरीसँग कसरी काम गर्नु हुन्छ ?” र उनले उत्तर दिइन्, “दयाहाङ राईलाई नाच्न नआउने होइन तर उसलाई फ्रि स्टाइलको नाच्न आउँछ । दीपकदाईको वडा नम्बर ६ बाट छक्का पन्जामा आउँदा उहाँको धेरै डासिङ्गमा निर्खाता आएको छ । आशा गरौ आगामी दिनहरुमा पनि म उहाँसँग काम गर्दै जानेछु र आगामी दिनका अझ उहाँहरुको डान्समा निर्खाता आउँनेछ ।”
उनका यि कुराहरु सुन्दा नेपालमा उनी जस्तो डान्स गर्ने हिरोहरु नै छैनन् भन्ने बुझ्न सकिन्छ । उनले आफुलाई कोरियोग्राफर गम्भिर विष्टसँग डान्स गर्दा सजिलो हुने बताउँदै अगाडी भनिन्, “मैले अहिलेसम्म डान्स–डान्स गर्ने गीतमा काम गर्न पाएको छैन । तर मैले कोही व्यक्ति डान्स गर्न आउँछ भनेर नाम लिए भने त्यो व्यक्ति गम्भिर विष्ट हो । मैले उहाँसँग चलचित्रमा काम गर्न पाएको छैन र उहाँले पनि अहिलेसम्म गर्नु भएको छैन । तर मैले उहाँसँग धेरै म्यूजिक भिडियोमा काम गरेको छु । उहाँले धेरै कार्यक्रममा कोरयोग्राफी पनि गर्नु भएको छु । उहाँसँग डान्स गर्दा चाँही मेरो बड्डी ल्याग्ङिवेज परफेक्ट हुन्छ । किनकी उहाँसँग डान्सिङ्ग बड्डी छ ।”
उनले यो भनिरहँदा के नेपालमा राम्रो नाच्न आउने कुनै नायक नै छैनन् भन्ने बहस श्रृजना हुन सक्छ । नृत्यकै कुरा गर्ने हो नायिका रेखा थापा, गौरी मल्ल, मिथिला शर्मा, झरना थापा, निरुता सिंह, विपना थापा एक समय खुबै चर्चामा थिए । नृत्यकै कारणले प्रियंका कार्कीले यो स्थान बनाएको भए उनले यो कुरा गर्न सान्र्दभिक हुन्थ्यो तर उनी नृत्य भन्दा पनि अभिनयका कारणले यो स्थान बनाएकी हुन् । उनले चलचित्र लुटेरामा गरेको आइटम डान्सलाई भने दर्शकहरुले रुचाएका थिए ।
उनले नेपाली नायकहरुलाई डान्स गर्न आउँदैन भन्दा के नेपाली नायकहरु डान्स मा कमजोर नै छन् त ? भन्ने प्रश्न उठ्न सक्छ । यदी प्रियंकाले भनेको यो कुरा सही हो भने नेपाली नायकहरुलाई उनको यो भनाई भारी पर्न सक्छ र एक प्रकारको च्यालेन्ज पनि हुन सक्छ । उनले यो कुरा गर्दा केही नायकहरुलाई विर्सिएकी त होइनन् ? नृत्यको कारणले अहिले पनि आर्यन सिग्देल, विराज भट्ट, रमेश उप्रेती जस्ता नायकहरु नृत्यमा घम्साघम्सी गर्ने तागत राख्छन् ।