प्रदर्शन मिति नजिकँदै गर्दा चलचित्र ‘गाँठो’ यूनिटले आफ्नो प्रचारलाई अहिले आक्रामक बनाइरहेको छ । त्यही क्रममा शनिबार चलचित्र ‘गाँठो’ले राजधानीमा बाइक र्याली गरेको छ । गाँठो र टिभिएसको सहकार्यमा गरिएको सम्वन्धको ‘गाँठो’ नाम दिईएको काठमाण्डौंको नक्साल बाट सुरु भएको बाईक र्याली महाराजगञ्ज, गौशाला, तिनकुने, कोटेश्वर, बालकुमारी, सातदोबाटो, कुमारीपाटी, जावलाखेल, नख्खु, कंलकी, टेकु, दरवारमार्ग हुदै, नक्साल गएर टुगिंएको थियो ।
कार्यक्रममा बोल्दै चलचित्रका नायक नाजिंर हुसेनले बाइक र्यालीमा भएको सहभागीताले झन उत्साहीत भएको बताउँदै यो चलचित्र मार्फत आफूलाई फरक भुमीकामा पाउने बताए । सम्वन्धको बिषयमा बनेको नेपाली कथानक चलचित्र बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्र हो । नाजिर हुसेन, अभय बराल, नम्रता श्रेष्ठ लगायको अभिनय रहेको चलचित्र गाँठो यस अघि मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषालले गरेका हुन् । भाद्र ३१ गते रिलिज डेट तोकीएको चलचित्रका निर्माता तिलक केसी र नृपेन्द्र जोशी हुन् ।