बलीउडकी एक समयकी सफल अभिनेत्री श्रीदेवीकी छोरी जाहन्वी अहिले १९ बर्षकी भएकी छिन् । तर उनलाई अहिले देखी नै आफ्नो चलचित्रमा लिनका लागि निर्माता, निर्देकहरको भिड ठुलै छ । एक समय श्रीदेवीलाई पनि आफ्नो चलचित्रमा लिनका लागि निर्माता, निर्देशकहरुको ताँती राम्रै हुने गर्थ्यो । अहिले उनकी छोरीलाई आफ्नो चलचित्रमा लिन निर्माताहरु श्रीदेवीको घर घाउन थालेका छन् । ‘गजनी’, होलिडे’जस्ता हिट हिन्दी तथा थुप्रै साउथ फिल्मका निर्माता एआर मुरुगदासले आफूले निर्माण गर्न लागेको एक सय ५० करोड भारु बजेटको ‘तेलेगु’ चलचित्रमा जाहन्वीलाई लिने इच्छा व्यक्त गरेका थिए तर जाहन्वीले भने उक्त प्रस्ताब अस्विकार गरेकी छिन् ।
निर्माता एआर मुरुगदासले जाहन्वीकी आमा श्रीदेवी र पिता बोनी कपुरसँग कुरा गरेका थिए र उनीहरुले पक्का पक्की गरेपनि जाहन्वीले भने अहिले देखी नै चलचित्रमा काम नगर्ने भन्दै अस्विकार गरेको भारतीय मिडियाहरुले बताएका छन् । हाल अमेरिकाको लस एन्जल्सस्थित ली स्ट्रासवर्ग थिएटर एन्ड फिल्म इन्स्टिच्युटमा अभिनय प्रशिक्षण लिइरहेकी जाहन्वी केही बर्षपछि मात्र चलचित्रमा आउने सोच बनाइएकी छिन् ।