यस बर्षको सुरुवातमा नै बलिउड अभिनेत्री प्रीति जिन्टाले जिन गुडइनफसँग विवाह गरिन् । लस एन्जलसमा भएको यो विवाहमा उनले अत्यन्त कम मानिस बोलाइन् । त्यसको केही समयपछि उनले मुम्बईमा बलिउडका सेलेब्रिटीहरूलाई एउटा भव्य पार्टी दिइन् । तर, यतिवेलासम्म उनको विवाहको कुनै पनि फोटा सार्वजनिक भएनन् । आफ्नो विवाहको फोटो च्यारिटीका लागि बेच्ने भन्दै उनले ती तस्बिर सार्वजनिक नगर्ने बताएकी थिइन । तर, उनको योजना पूरा हुन पाएन । इन्स्टाग्राममा उनको विवाहका फोटो लिक भए । सार्वजनिक भएलगत्तै ती तस्बिर भाइरल पनि भए । बताइदियौ कि विवाहको फोटोहरु लिलामी गर्ने यो ट्रेन एक्ट्रेस एन्जेलिना जोली र उनका पति ब्रेड पिटले सुरु गरेका थिए । त्यसपछि जर्ज क्लूनी र अमाल अलामुद्दीनपनि पनि यस्तै गरेका थिए ।