चर्चित अभिनेता ज्याकी च्यानलाई यस वर्ष ओस्कार अवार्डले सम्मान गरिने भएको छ। ओस्कार अवार्डले बिहिबार यसको घोषणा गरेको हो। ओस्कारले च्यानको चम्किलो फिल्मी करियरलाई सम्मान गर्दै ओस्कार प्रदान गर्न लागेको जनाएको छ। ६२ वर्ष अभिनेताले करिब १५० फिल्ममा अभिनय गरेका छन्। उनका फिल्महरू कमिक अभिनय र एक्रोब्याटिक एक्सन कलाका लागि दर्शकहरू माझ लोकप्रिय रहँदै आएका छन्। च्यान सन् १९६० मा बालकलकारका रूपमा आफ्नो अभिनय यात्रा सुरू गरेका थिए।