गएको बिहिबार बुबाको मुख हेर्ने दिन थियो, सबैले सामाजिक सञ्जालमा आफ्नो बुबालाई सम्मान गर्दै फोटोहरु शेयर गरे । त्यही क्रममा एउटा फोटो सामाजिक सञ्जाल फेसबुकमा निकै भाइरल भयो । रामदेवको अवतारमा देखिएका हास्यकलाकार हरिवंश आचार्यले आफ्नो छोरा मोहित आचार्यलाई खुट्टा ढोगाई रहेको देख्न सकिन्थ्यो तर हरिवंश आचार्यको यो अवतारलाई भने प्रायले चनेनन् । धेरैले कुनै बह्माण वा जोगीले ढोग्न लगाएछ भन्ने सोचे भने बाबा रामदेबलाई चिन्नेले रामदेबले कस्तो हर्कत देखाएछन् भनेर लख काटे। तर हरिवंश आचार्यले आफ्नै छोरा मोहितलाई खुट्टा ढोग्न लगाएका थिए । उनै मोहितले उक्त फोटो विहिबार विहान सामाजिक संजालमा हालेपछि भाईरल बनेको हो। तर यो फोटो गएको बिहिबार भने खिचिएको थिइन । केही बर्ष अगाडी एउटा विज्ञापन सुटिङको क्रममा उक्त फोटो खिचिएको हरिवंश अचार्यले बताएका छन् ।