फिल्म ‘बार बार देखो’को ‘प्रमोसन’मा व्यस्त बलिउड अभिनेत्री क्याटरिना कैफको गत जनवरीमा अभिनेता रणवीर कपुरसँग उनको सम्बन्ध बिग्रिएपछि उनको अभिनयभन्दा पनि व्यक्तिगत जीवनबारे धेरै हल्ला भए । तर, अब विस्तारै यो विषय ओझेल पर्न थालेको छ र क्याटरिनाको करिअरबारे चर्चा हुन थालेको छ । यही सन्दर्भमा केही समयअघि समाचार आएको थियो– क्याटरिनाले ‘एक था टाइगर’को सिक्वेलमा सलमानसँग काम गर्दैछिन् । तर, यो झुटा रहेछ । उनले एक अन्तर्वार्तामा अहिलेसम्म अर्को फिल्मका लागि सम्झौता नगरिसकेको बताएकी छिन् । त्यही अन्तर्वार्तामा उनले एक था टाइगरको सिक्वेलबारे थाहा पनि नभएको बताइन् । उनको यस्तो अभिव्यक्तिसँगै भारतीय मिडियाले अनुमान गर्न थालेका छन्– क्याटरिनाले सलमानसँग काम गर्दै छैनन् ।