बलीउड अभिनेता अमिताभ बच्चनका छोरा अभिषेक बच्चन आफ्नो पिता जस्तो बलीउडमा सफल रहन सकेका छैनन् । धुमको सिक्वेलबाट केही सफलताको स्वाद चाखेका अभिषेकले त्यसपछि खासै सफलताको महशुस गर्न सकेका छैन् । यो बर्ष भने अभिषेकले चलचित्र हाउसफुल ३ बाट सफलताको स्वाद चाखे । यो चलचित्रले सय करोड माथीको व्यापार गरेपछि त्यसको श्रेय अभिषेकले पनि पाएँ । यही चलचित्रको प्रमोशनको दौडानमा अभिषेकले आफ्नो हातमा एउटा पनि चलचित्र नभएको बताएका थिए । अन्य सेलिब्रिटी यस्ता विषयमा मिडियामाझ कुरा गर्न चाहन्न् तर अभिषेक खुल्लम खुल्ला आफुसँग अहिले चलचित्र नै नभएको बताउँछन् । उनले हालै एक अन्तर्वार्तामा भने -‘मेरो लगातार चलचित्रहरु असफल भएपछि अहिले त धेरैले मेरो फोन पनि उठाउँदैनन् ।’ फिल्म फ्लप भएपछि मलाई नपत्याउनेहरु पनि धेरै छन् । सन् २००० मा ‘रिफ्युजी’ बाट बलीउडमा डेव्यू गरेका अभिषेक हाल केही चलचित्रको छायाँकनमा व्यस्त रहेको बताइएको छ ।