बलीउड अभिनेता अर्जुन कपूरको भनाई अनुसार कोही उनको छवि खराब गर्ने कोशिश गरिरहेको छ । अर्जुनले उक्त रिपोर्टको खारिज गरेका छन् कि जसमा ‘हाफ गर्लफ्रेण्ड’ को सेटमा उनको गैर धन्दाको कुरा चलेको थियो । यस प्रकारको प्रयासले आफ्नो छवि खराब भइरहेको अर्जुनले बताएका छन् । एक पटक चर्चामा रहेको थियो कि अर्जुन र फिल्म निर्देशक मोहित सूरी बिच केही कुरालाई लिएर मनमुटाब भएको थियो । विना कारण अर्जुनले एक पार्टीको लागि दैनिक एक लाख रुपैयाँ खर्च गरिदिएका थिए । अर्जुनलाई यस बारेमा सोधेपछि भनेका छन्, ‘कहाँको कोही त छ जसले मलाई दुख दिइरहेको छ । कोही म देखी निकै जलिरहेको छ । त्यसैले हो मेरो छवि गलत तरिकाले प्रयोग गरिरहेका छन् । यदी मैले गैर धन्दा गरेको भए फिल्म अहिलेसम्म पुरा नै हुँदैन थियो । मेरो बुबाको इन्डस्ट्रीमा निकै राम्रो निर्माताको छवि छ । त्यसैले के यो सम्भव छ कि मैले कोही अन्य निर्मातालाई गाह्रो बनाइदिँउ ?’