केही बर्षदखी नायिका नम्रता श्रेष्ठ एक यूवकसँगको प्रेम सम्बन्धमा छिन् । कुनै चलचित्रको प्रिमियर देखी सार्वजनिक कार्यक्रममा नायिका श्रेष्ठ प्रेमी दावा स्टीभनसँग सँगै देखिन्छिन् । तर प्रेमको स्वीकार गर्न नसकेका यि जोडी अहिले प्राय जसौ दैनिक नै भेटघाट गरिरहन्छन् । गएको बर्ष सुपरहिट फिल्म ‘क्लासिक’ र यस बर्ष प्रदर्शनमा आएको चलचित्र ‘होमवर्क’ पछि नम्रता अहिले कुनै पनि चलचित्रको छायाँकनमा व्यस्त छैनन् । चाँडै दिनेश राउतले निर्देशन गर्ने अनटाइटल प्रोजेक्टमा आर्यन सिग्देलसँग काम गर्न लागेकी नम्रता अहिले प्रेमी दावा स्टीभनसँग अफयेरमा रमाइरहेकी छिन् ।
प्राय सार्वजनिक कार्यक्रममा पुग्दा नम्रता र दावा मिडियाबाट केही टाढा रहन खोज्छन् तर मिडियाको क्यामेराबाट भने उनीहरु जोगिन सकेका छैनन् । चौतफी प्रेम सम्बन्धको हल्ला चलिरहँदा दावाले हालै एक फोटो आफ्नो फेसबुकमा अपलोड गरेका छन् । जुन फोटोमा दावाको अंगालोमा छिन् नम्रता श्रेष्ठ । कुनै क्याप्सन विना पोष्ट गरिएको उक्त तस्बिर हेर्दा उनीहरु गहिरो प्रेम सम्बन्धमा रहेको बुझ्न सकिन्छ । त्यति मात्र होइन दावाले आफ्नो फेसबुकको कभर फोटोमा नम्रताको मात्र तस्बिर अपलोड गरेका छिन् । अहिलेसम्म आफ्नो प्रेमसम्बन्धलाई स्वीकार गर्न नसकेको यो जोडी अहिले सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्धको संकेत दिइरहेका छन् ।