परिचित कसैको फेसबुक फ्रेन्ड रिक्वेस्ट आएको छ? होस गर्नुस्, अर्कै व्यक्तिले नक्कली प्रोफाइल बनाई तपाईँलाई ठगी गर्न खोजेको हुनसक्छ।
काठमाडौं र ललितपुर जिल्लाका विभिन्न व्यक्तिहरूको सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई साथीहरुलाई फ्रेन्ड रिक्वेष्ट पठाई साथी बनाई मेसेन्जरमार्फत् म साह्रै आपतमा परेको छु, हाल उपचार गराउन समेत रकम छैन भनी रकम पठाउन सन्देश पठाई साइबर अपराध र ठगी समेत गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार प्राविधिक अनुसन्धान र टेक्निकल इन्टेलिजेन्सका आधारमा विराटनगर १२ शिवटोल घर भई हाल जिल्ला सप्तरी तिलाठी बस्ने बर्ष २४ को विकासकुमार साहलाई पक्राउ गरिएको छ।
विकासकुमार साहलाई खोजतलास गर्दै जाँदा भारतीय सिमा नजिक लुकिछिपी बसेको भनी अपराध महाशाखामा प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीको सहयोगमा मिति भदौ १६ गते साहलाई पक्राउ गरी विद्युतिय कारोबार ऐन अन्तर्गत थप अनुसन्धान जारी रहेको छ। -पहिलोपोस्ट