बलिउड अभिनेता अभिताभ बच्चनले मिस्टर परफेक्टसनिस्ट आमिर खान कुनै एक फिल्म एकसाथ काम गर्ने भएका छन् । अभिताभ बच्चन र आमिर खानले ‘ठग’ फिल्मबाट पहिलोपल्ट एकसाथ एउटै पर्दा शेयर गर्नेछन्। यसराज फिल्मसको निर्माण रहने फिल्मको केही समयपछि औपचारिक घोषणा गरिनेछ। बिग बीले यो बताएका छन् कि अहिलेसम्म फिल्मको नाम तय भइसकेको छैन । भारतीय मिडियाका अनुसार अमिताभ र आमिर फिल्म ‘ठग’ मा काम गर्न लागेको दाबी गरेका छन् । उनले फिल्म सरकार ३ मा पनि काम गर्न लागेको बताएका छन् । त्यसपछि अमिताभ आर.बाल्कीको फिल्म गर्ने तयारीमा रहेका छन् । साथै सुजय घोषको फिल्म पनि पाइपलाइनमा छ ।