एउटै रिलिज मितिमा एकभन्दा बढी चलचित्र प्रदर्शनमा आउनु अनौठो होइन तर एकै मितिमा दुई ठुला फिल्म एकसाथ प्रदर्शनमा आउँदा घाटा निर्मातालाई नै हुने गर्छ । त्यस्तै हुँदैछ भदौं ३ गते पनि । दुई राम्रो भनिएका चलचित्रहरु एकसाथ प्रदर्शनमा आउँदैछन् । त्यसो त भदौंमा राम्रा भनिएका चलचित्रहरु अन्य चलचित्रहरुसँग एकसाथ प्रदर्शनमा आउँदैछन् । तर दर्शकहरुको नजर अहिले भदौं ३ गतेमा छ । कारण भदौं ३ गते चलचित्र ‘विर विक्रम’ र ‘चपली हाईट २’ रिलिज हुँदैछ । दयाहाङ राई अभिनित चलचित्र ‘विर विक्रम’लाई जसरी दर्शकहरुले प्रतिक्षित चलचित्रको रुपमा हेरेका छन् त्यसरी नै चलचित्र चपली हाईट २ लाई पनि हेरेको पाइन्छ । पहिलो भाग सफल भएपछि निर्माण गरिएको चलचित्र ‘चपली हाईट २’ को ट्रेलर र गीतले अहिले राम्रै हंगामा पनि गरिरहेको छ ।
‘चपली हाईट २’ का नायक आयुष्मान देशराज श्रेष्ठका आफ्नै फ्यान फलोअर्स भएका कारण दयाहाङको चलचित्र विर विक्रमसँग राम्रै महायुद्ध हुने पक्का छ । मिलन चाम्सद्धारा निर्देशन चलचित्र विर विक्रम र दिपेन्द्र के. खनाल निर्देशित चलचित्र चपली हाईट २ जसरी दर्शकहरुको प्रतिक्षित बनाइरहेको छ त्यो हिसाबले हेर्ने हो भने दुई चलचित्र मध्ये एक चलचित्रले रिलिज मिति रोक्नु पर्थ्यो तर अब यि दुवै चलचित्र अन्तिम लडाईका लागि तयार भइसकेका छन् । हेर्न अब यो बाँकी छ कि भदौं ३ गतेबाट यि दुई चलचित्र मध्ये कसले बाँजी मार्ने छ । सिंगल हल भन्दा पनि मल्टिप्लेस लक्षित यि दुवै चलचित्रको लडाई मल्टिप्लेक्समै हेर्न लायकको हुनेछ ।