अभिनेत्री तथा मोडल पामेला एन्डरसनले पोर्न भिडियो हेर्दा खतरा हुने गरेको बताएकी छिन् । एक रिपोर्टका अनुसार, ‘पोर्न मिडियोहरु इन्टरनेटमा कति सजिलै भेटिन्छ ।’ पामेलाले चिन्ता व्यक्त गर्दै बताएकी छिन् कि स्थिती गम्भिर हुँदै गएको छ । प्लेब्याय पत्रिकाकी यि पूर्व मोडल पामेलाको उनको पति टमी लीसँगको सेक्स टेप १९९५ मा चोरी भएको थियो । एन्डरसनले रब्बी शमूले बोटीचसँग ‘वल स्ट्रीट जर्नल’ को लागि संयुक्त लेख लेख्दै “पोर्नोग्राफी अब गुमनाम रुपमा नै सर्वसुलभ हुँदैछ र सजिलैसँग फैलिरहेको छ जुन सार्वजनिक हुनु खतरा हो ।” ४९ सालकी यि अभिनेत्रीको दुई छोरी छन् । एन्डडरसन र रब्बी यो मान्छन् कि पोर्नोग्राफीलाई बन्द गर्न ढिला भइसकेको छ । उनीहरुले आफ्नो बच्चाहरुलाई सधै पोर्न भिडियो हारेका मान्छेहरुले मात्र हेर्छन भने बताउन पनि आग्रह गरेका छन् ।