काठमाडौं– नयाँ नेपाली फिल्म ‘कर्मा’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले फिल्मका मुख्य कलाकारलाई प्रस्तुत गर्दै दुई वटा पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा विपिन कार्की छन् । उनलाई ब्ल्याक जिन्स र फिट बडीमा देखाइएको छ । हातमा सर्ट गन बोकेका उनको लुक्स अनुसार उनी बदलाको भावमा छन् ।
गेटअप, ड्रेसअप, फेसियल लुक्स र हातमा रहेका सर्ट गनले उनी एक्सन भूमिकामा रहेको प्रष्ट देखिन्छ । कलरसँग खेलिएको पोस्टरले पनि एक्सनको संकेत गर्छ । पोस्टरमा रहेको स्लोगन ‘ह्वाट गोज अराउन्ड, कम्स अराउन्ड’ले पनि बदलाको मुडमा मुख्य पात्र रहेको पुष्टि गर्छ । स्लोगनले ‘कर्मा’ सिचुएसनल एक्सन भएको सामान्य अनुमान लगाउन सकिन्छ ।
यदि, निर्माणपक्षले गरेको दावी र पोस्टरले गरेको संकेत अनुसार फिल्म एक्सन जनराको हो भने यो जनरामा विपीन पहिलोपटक देखिनेछन् । ‘कर्मा’ लाई निर्देशक सौरभ चौधरीले निर्देशन गरेका छन् ।
यो फिल्ममा विपीनसँगै उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिव्यदेव लगायत कलाकारको अभिनय रहेको छ । मुकुन यो फिल्ममा नेगेटिभ क्यारेक्टरमा छन् । एक्सन ड्रामा जनरामा निर्माण भैरहेको फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।‘कर्मा’ चैत २९ गते रिलिज हुनेछ ।