यस बर्ष प्रदर्शनमा आएको बलीउडस्टार सलमान खान अभिनित चलचित्र ‘सुल्तान’ले भारतबाट मात्र ३ सय करोडको व्यापार गर्यो । वल्डवाइड व्यापार गर्ने हो भने चलचित्र सुल्तानले ६ सय करोड माथिको विजनेश गरेको छ । चलचित्रमा सलमान खानले एउटा पहलवानको भूमिका निभाएका थिए। अनुष्मा शर्मा र सलमान खानको मुख्य भुमिका रहेको चलचित्र तपाईहरुले जति पर्दामा शानदार देख्नु भयो त्यसका लाग निर्माण पक्षले निकै दुख गरेको छ । सुल्तानका ५० प्रतिशत दृश्यहरु भिएफएक्स गरिएका छन् तर पर्दामा हेर्दा त्यसको आभाष हुँदैन् ।
हेर्नुस् यसरी तयार भएको थियो ‘सुल्तान’