टाइगर श्रर्फको अभिनेत्री दिशा पटानीसँग अफयेर चलिरहेको हल्ला केही दिन देखी खुबै चलेको छ । टाइगर कयौंपटक दिशासँग डेटिङ्मा जाँदा फोटोपत्रकारहरूको फेला परिसकेका छन्। यस्तो भएपनि उनले आफ्नो प्रेम जीवनका बारेमा केही बोलेका छैनन्। हालै उनले सबैलाई आश्चर्यमा पार्ने बयान दिएका छन्। उनले आफू कसैसँग पनि छुट्टी मनाउन नगएको र आफ्नी कुनै प्रेमिका नभएको बताए। ‘यस्तो मेरो भाग्यमा छैन्। न म कसैसँग बिदा मनाउन गएँको छू न मेरो कुनै गर्लफ्रेण्ड नै छिन्। म मुम्बईमा नै छु र मुन्ना माइकलको रिहर्सल गरिरहेको छु। मायाप्रेमका लागि मसँग कहाँ समय छ र ? म आफ्नै काममा व्यस्त छु। मलाई मेरा बारेमा चलेका हल्लाहरूका बारेमा केही भन्नु छैन्।’ यिनीहरूले मेरो जीवनलाई रोमाञ्चक बनाइरहेका छन्। केही हप्ता अगाडी मात्र उनले अभिनय गरेको चलचित्र ‘ए फ्लाइंग जट’ प्रदर्शनमा आएको थियो ।