फेसबुकबाट सेयर भएको फेक समाचारले सेलिब्रिटीलाई हैरान पार्छ। यसपटक यस्तै फेक समाचारको सिकार भए सिल्वस्टर स्टेलोन। हलिउडका सुपरस्टार स्टेलोनको मृत्यु भएको समाचार यसरी फैलियो कि उनले सामाजिक सञ्जालमा उपस्थित रहेर आफू बाँचेको पुष्टि गर्नुपर्यो। आफु मरेको हल्ला चलेको थाहा पाउने बित्तिकै उनले यसलाई चिर्ने काम तुरून्त गरे। कुनै गतिलो स्रोतविनाको समाचार यति तीब्र गतिमा फैलियो कि सिल्वस्टरले मुस्काएको फोटो नहाली भएन। हलिउडका फिल्महरु रक्की र रेम्बोका एक्सन लिजेन्डका विश्वव्यापी फ्यान छन्। त्यसैले पनि उनको मृत्युको खबर वेपत्ता फैलियो।