चर्चित गायिका कुन्ती मोक्तान र देविका बन्दनाले “म्युजिकल नाइट विथ कुन्ती मोक्तान् एण्ड देविका बन्दना” मार्फत पहिलो पटक एकसाथ स्टेज शेयर गर्ने भएका छन् । ‘माथि माथि सैलुगेमा’,’चोली राम्रो पाल्पाली ढाकाको’ ,’लाली गुराश अजम्बरी चम्पा चमेली’,’कहिले कहीं मलाई पनि हेरी देउ है फर्केर’ लगाएतका सुपरहिट गीत दर्शक, स्रोतामाझ पस्किसकेकी गायिका कुन्ती मोक्तान र ‘यस्तै रहेछ यहाँको चलन’ ,’भरै आउछु सपनीमा’,’एउटा परदेशी’, ‘अछा लेकिन लन्डनको चिसोले समौला’, ‘यो माया के हो आगो हो की पानी हो’, ‘अर्को जुनी चाहिँदैन मलाई’ जस्ता गीतहरु गाइसकेकी गायिका देविका बन्दनाको सयुक्त सांगीतिक साँझ आउँदो शुक्रबार भाद्र २४ गते आर्मी अफिसर क्लबमा साँझ ६ बजेदेखी सुरु हुने बताइएको छ ।
मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत “म्युजिकल नाइट विथ कुन्ती मोक्तान् एण्ड देविका बन्दना” को विषयमा आयोजक संस्था पार्टी फेस्ताका डेनील र डेभिडले जानकारी दिएका थिए । पत्रकार सम्मेलनमा आयोजक संस्थाका संयोजक डेभिड प्रधान, गायिका कुन्ती मोक्तान, गायिका देविका बन्दना र फेशन स्टाइलिस्ट जयन सुब्बा मानन्धर उपस्थित थिए ।