युकेमा छायाँकन गरिएको नेपाली चलचित्र ‘ब्ल्याक समर’ को टीजर सार्वजनिक भएको छ । एलबिएस फिल्म युके एण्ड नेपालले निर्माण गरेको चलचित्र ब्ल्याक समरको टीजर सस्पेन्स तरिकाले सार्वजनिक गरिएको छ । चलचित्रमा रीमा विश्वकर्मा, रितेश राई, अमिषा राईको मुख्य भूमिका छ ।
केही बर्षदेखी नेपाली म्यूजिक भिडियोमा व्यस्त रहेकी रीमाले चलचित्र क्षेत्रमा खासै हिट प्रोजेक्ट दिन सकेकी छैनन् । बिहेपछि रीमाको करिअर अब ओझेलमा पर्छ भन्ने चर्चा चलिरहँदा चलचित्र ब्ल्याक समरले त्यसलाई गलत सावित बनाउने तयारीमा रिमा छिन् । हुनत, उनले यसअघि केही चलचित्रमा काम पनि गरेकी थिइन तर चलचित्र असफल हुँदा अहिले निर्माताहरु उनलाई आफ्नो चलचित्रमा लिन आँट गर्न सकेका छैनन् । ‘ब्ल्याक समर’ मा आफ्नो भुमिका विशेष रहेको बताउँदै आएकी रीमालाई अब आफ्नो भाग्य चम्काउने कडीको रुपमा यही चलचित्रलाई हेरेकी छिन् ।
ड्रिम भिजन, मान गुरूङ, प्रतिमा दुतराज र हुप थापाको लगानी रहेको यस चलचित्रमा ताराप्रकाश लिम्बु, हरि लम्साल, उदेश श्रेष्ठ र राजकुमार बगरको संगीत रहेको छ भने प्रतीक दुतराजको छायाँकन तथा अर्जुन जिसीको सम्पादन रहेको छ । त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्र ब्ल्याक समरको हालसम्म भने प्रदर्शन मिति सार्वजनिक गरिएको छैन ।