बलिउड अभिनेता शाहरुख खान अहिले इम्तियाज अलीको निर्देशनमा बन्दै गरेको फिल्मको सुटिङमा व्यस्त छन् भने आनन्द एल रायको फिल्मका लागि पनि उनी तयार भएका छन्। आनन्द एल रायले तनु वेड्स मनु, रान्झणा जस्ता सफल फिल्म बनाएका छन्। यो नयाँ फिल्ममा शाहरुखले होचो व्यक्तिको भूमिका निर्वाह गर्दैछन् र फिल्मको नाम ‘बन्धुआ’ तय गरिएको छ । निर्देशककाअनुसार यो फिल्ममा एक होचोपुड्को व्यक्तिको कथामात्र नभएर महिला पुरुषको सम्बन्धलाई पनि देखाइएको छ। फिल्म सन् २०१८ को डिसेम्बरमा रिलीज हुनेछ र यसको सुटिङ चाँडै सुरु हुने बताइएको छ।