एक नयाँ किताबमा बलीउड अभिनेत्री रेखाको पर्सनल र प्रोफेशनल लाइफको विषयमा कयौं रहस्यबाट पर्दा हटेको छ । यसमा बिना विवाहको सिन्दुर, विनोद मेहरासँग विवाहपछि चप्पलले स्वागत र शूटिंग सेटमा रेखाले गरेको कयौ किस्सासहित केही अन्य चकित बनाउने कुराहरु लेखिएको छ । रेखाको कुरालाई आधार मान्दै यासीर उस्मानको नयाँ किताब ‘रेखा : एन अनटोल्ड स्टोरी’ मा रेखाको जिन्दगीका अनौठा कयौं हिस्साहरु विस्तारमा लेखिएको छ । जब कोलकातामा विवाह गरेर रेखा, विनोद मेहराको घर आइन तब विनोदकी आमा कमला मेहराले रिसमा चप्पल उठाएर हिर्काएकी थिइन । जब रेखा विनोदकी आमाको खुट्टा छुन थालिन तब रेखाकी सासुले धक्का दिएर पर हटाएकी थिइन । त्यसपछि रेखा घरको ढोकामा उभिएर बसेकी थिइन र उनकी सासु गाली दिइरहेकी थिइन । पछि विनोद मेहराले आफ्नी आमालाई सम्झाएका थिए । रात परेपछि उनी लिफ्ट तर्फ बढ्न लागिन् । त्यस बेला रेखालाई विनोदले भनेका भने- ‘आफ्नो घरमा जाउँ र हाललाई तिमी त्यही बस ।’ सासुले गरेको व्यबहारबाट रेखा विनोदको घरमा भित्रिएको दिन देखी नै निराश भनेकी थिइन ।