बलीउड अभिनेता, भारतीय जनता पार्टीका सांसद् तथा पूर्व मन्त्री शत्रुघन सिन्हाको बायोग्राफी पुस्तक (Anything But Khamos) को नेपाल सार्वजनिक भएको छ । वुधबार राजधानीमा आयोजित एलजी फिल्म अवार्डमा शत्रुघनको बायोग्राफी पुस्तक ‘खामोश’ को नेपालका उपराष्ट्रपति नन्द बहादुर पुन, बलीउड अभिनेता शत्रुघन सिन्हा, उद्योगपति विनोद चौधरी, बरिष्ठ कलाकार नीर शाह लगाएतले सार्वजनिक गरेका थिए ।
उनको बायोग्राफी पुस्तक ‘खामोश’ मा शत्रुघनको बाल्यकाल देखी संघर्ष र सफलताका कथा समाबेश छ । अवार्ड कार्यक्रममा पुस्तक ‘खामोश’ को विषयमा छलफल पनि गरिएको थियो । पुस्तकको विषयमा भएको छलफलमा उनले एकपटक सबैले खामोश पढ्नु पर्ने शत्रुघनले बताएका छन् । उनले पुस्तकको विषयमा बोल्दै भने -‘पशुपतिनाथको आर्शिवादका कारण मेरो बायोग्राफी पुस्तक ‘खामोश’ नेपालमा पनि सार्वजनिक भएको छ । यसमा मेरो सुख दुखका सबै कुराहरु समाबेश छन् ।’ उनले आफ्नो बायोग्राफी पुस्तक ‘खामोश’ पढ्दा फिल्म हेरे जस्तो महशुस हुने पनि बताए । उनले अगाडी भने-‘आफ्नो जिन्दगीका कयौ हिस्साहरु बाहिर ल्याउँदा केही कठिनाईहरु हुँदो रै’छ तर खामोशमा मेरा जिन्दगीका सबै यथार्थहरु छन्, जुन पढेपछि सबै छर्लङ्ग हुन्छ ।’
मंगलबार दिउँसो नेपाल आएका शत्रुधन सिन्हाले देव आनन्दको चलचित्र ‘प्रेम पुजारी’ बाट फिल्मी यात्रा सुरु गरेका हुन्। उनि अभिनित पहिलो प्रदर्शित चलचित्र सन् १९६९ को ‘साजन’ हो । सन् ७० र ८० को दशकमा बलिउडमा छाएका उनी पछिल्लो समय माहुवा च्यानलमा कौन बनेगा करोडपतिको भोजपुरी संस्करण कार्यक्रम सञ्चालन गर्दछन्। उनले दुई चलचित्रको निर्माण पनि गरेकी छन्।