हलिउड अभिनेत्री कारा डेलवीन क्यान्सर पीडितमा नाममा न्यूड शैलीका केही तस्बिर खिचाएर अहिले निकै चर्चामा छिन् । यी अभिनेत्रीले फोटो सुटमा शरीरको माथिल्लो भागमा कुनैमा स्वेटर र कुनैमा हुक लगाएकी छन्, तर कम्मरदेखि तलको भाग नाङ्गै छ । उनले आफ्नो ‘गोप्य अंग’ नदेखियोस भनेर एउटा फूलको सहारा लिएकी छिन् । कुनै तस्बिरमा सूर्यमुखी फूल त कुनैमा यस्तैखाले रातो फूललाई गोप्यअंग नजिकै कापमा च्यापेकी छन् । उनले यो तस्बिर ‘सन्डे टाइम्स’का लागि सुट गरेकी हुन् । क्यान्सर पीडितको सहयोगका लागि सक्रिय संस्था ‘लेडी गार्डन क्याम्पियन’का लागि आफू नांगिएको अभिनेत्री काराले बताएकी छन् । २३ वर्षीया यी यौवनाले यी तस्बिरहरुलाई आफ्नो इन्स्टाग्राम एकाउन्ट मार्फत पनि शेयर गरेकी छन् ।