तामिल सुपरस्टार रजनीकान्त अभिनित चलचित्र ‘कबाली’ सलमान खान अभिनित चलचित्र ‘सुल्तान’ भन्दा एक हप्ता पछाडी प्रदर्शनमा आएको हो । जसरी ‘कबाली’ले सोचेभन्दा पनि बम्पर व्यापार गर्छ भन्ने अनुमान विश्लेषकहरुले लगाएका थिए त्यो अनुसार व्यापार गर्न भने कबाली असफल भएको छ । यो पनि भनौ ‘सुल्तान’ को अगाडी रनीकान्तको ‘कबाली’ फिक्का देखिएको छ । समिक्षकहरुबाट उत्कृष्ट तारिफ बटुलेको चलचित्र सुल्तानले प्रदर्शनमा आएको पहिलो सातामा विश्वभरबाट कुल ३७० करोडमाथीको व्यापार गरेको थियो । विश्लेषकहरुका अनुसार कबालीले सुल्तानको यो व्यापारलाई उछिन्न सक्ने अनुमान लगाएका थिए तर कबाली पूर्णतया असफल भएको छ ।
चलचित्र कबालीले प्रदशनमा आएको एक हप्तामा विश्वभरबाट कुल ३३५ करोडको व्यापार गरेको छ । कबालीका निर्माता कलाइपुली एस थानुका अनुसार कबालीले रिलिज भएको ६ दिनमा ३२० करोड कमाउन सफल भएको हो । जसमा चेन्नईबाट मात्रै छ दिनमा ६ करोड रुपैयाँ कमाई गर्न फिल्म सफल भएको थियो । रजनीकान्तको चलचित्र कबालीले घरेलु बक्सअफिसमा भन्दा पनि विदेशमा आक्रामक व्यापार गरेको छ । करिब १० हजार पर्दामा एकसाथ लागेको कबालीले अमेरिकाबाट सबैभन्दा उच्च व्यापार गरेको भारतीय ट्रेड एनालिस्टहरुले बताएका छन् । त्यस्तै चलचित्र सुल्तानले हालसम्ममा विश्वभरबाट कुल ५५० करोड कमाइसकेको छ भने भारतबाट मात्र ३ सय करोडको आँकडा पार गरिसकेको भारतीय मिडियाहरुले बताएका छन् ।