हो सही पढ्नुभयो, गएको बर्षदेखी सम्बन्धमा दरार आएको खबर बाहिर आउँदै गर्दा ‘प्रेमगीत’ हिरोइन पुजा शर्माले भने निर्माता सन्तोष सेनलाई अंकमाल गरेकी छिन् । केही दिन अगाडी मात्र ‘प्रेमगीत २’ का लागि निर्देशक र नायक फाइनल गरेका सन्तोष सेनलाई पुजाले अंकमाल गर्नु निकै अनौठो लाग्दो थियो ।
किनकी गएको बर्ष चलचित्र ‘प्रेमगीत’ रिलिज भएपछि सन्तोष सेनसँग निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माको सम्बन्धमा दरार उत्पन्न भएको थियो । त्यसै कारण थियो ‘प्रेमगीत २’ मा सन्तोषले सुदर्शन र पुजालाई नदोहोराउनु । ‘प्रेमगीत’ रिलिज भएपछि निर्माता सेनसँग सम्बन्ध विग्रिएको कारण निर्देशक थापा र नायिका पुजा टाढा रहँदै आएका थिए । खबरका अनुसार प्रेम गीत रिलिज भएपछि सन्तोषसँग सुदर्शन र पुजाको कुनै पनि कुराकानी भएको छैन र भेट पनि । अवार्ड देखी विभिन्न कार्यक्रममा भेट्दा देखे पनि नदेखे झै गर्ने पुजाले वुधबार भने निकै अनौठो व्यबहार देखाइन ।
त्यो थियो पुजा शर्माले ‘प्रेमगीत’का निर्माता सन्तोष सेनलाई अंकमाल गर्नु । वुधबार राजधानीमा आयोजित एलजी फिल्म अवार्डमा बर्षकै उत्कृष्ट अन स्कृन कपलको अवार्ड प्रेम गीतका प्रदीप खड्का र पुजा शर्माले पाएका थिए । सोही अवार्ड लिन जाने क्रममा उनको आँखा पर्यो सन्तोष माथि । सन्तोषलाई देखेपछि उनले नदेखे झै गरि हिँड्न सकिनन् र ‘सन्तोष’ भन्दै बोलाएर उनले अंकमाल गरिन् तर पुजालाई सन्तोषले ध्यान दिएका थिएनन् । पुजाले एक्कासी अंकमाल गर्न आएपछि उनले पनि ‘बधाई छ’ भन्दै पुजासँग अंकमाल गरे ।
पुजाले सन्तोषलाई अंकमाल गर्नु अनौठो होइन तर सम्बन्ध विग्रिएको खबर बाहिर आउँदै गर्दा उक्त दृश्य निकै अनौठो र आश्र्चय लाग्दो थियो । अवार्ड लिन स्टेज चढेका प्रदीपलाई पनि पुजाले अकंमाल गरेकी थिइन । त्यसपछि हलमा तालिको बर्षा भएको थियो । खबरका अनुसार पुजा र प्रदीपको पनि सम्बन्ध खासै राम्रो छैन । पुजाले निर्माता र हिरो प्रदीप खड्कासँग अंकमाल गरेपछि भने उनीहरुको सम्बन्ध सुध्रिएको पनि गाइँगुइँ सुनिएको थियो । आखिर के कुरा हो त्यो भने उनीहरुलाई नै थाहा होला ।