बलिउड सुपरस्टार शाहरुख खानलाई अहिले कुनै फिल्ममा खेलाउन चाहनेले मोटै रकम पारिश्रमिक बुझाउनु पर्छ। फोर्ब्सको सबैभन्दा धेरै पारिश्रमिक पाउने पुरुष कलाकारको सूचीमा उनी पनि छन्। तर उनले तीन हजार रुपैयाँ मात्र पाएको एउटा सर्ट फिल्म अहिले युट्युबमा भाइरल भइरहेको छ। फिल्म हो सन् १९९१ को। महान कर्ज शीर्षकको यो फिल्म शाहरुखको हिट फिल्म दीवाना, राजु बन गया जेन्टलम्यान रिलिज हुनुभन्दा एक वर्षमात्रै अघिको हो। बाजीगर यो फिल्मको दुई वर्षपछि रिलिज भएको थियो। यो फिल्ममा खेल्दासम्म शाहरुखले फौजी, सर्कस जस्ता टिभी शोहरु गरिसकेका थिए।