एक्ट्रेस कैटरीना कैफ र दीपिका पादुकोण बीच कोल्ड वार शुरू भएको छ । लडाईको कारण रनबीर कपूर होइनन् अरु नै हो । मामला यस पटक एक फिल्मको होइन दुई दुई फिल्मको छ । खबरका अनुसार धर्मा प्रोडक्शनको आउन लागेको फिल्म ‘रात बाकी है’ मा फवाद खानको अपोजिट दीपिकाको सट्टा कैटरीनालाई साइन गरिएको छ । कुरा यति मात्र होइन ‘तनु वेड्स मनु’ फेम आन्नद एल रायको फिल्म ‘ड्वार्फ’ मा पनि कैटरीनाले दीपिकाको ठाउँ लिएकी छिन् । फिल्म ड्वार्फको मुख्य भूमिकामा बलीउड किंग खान शाहरुख पनि छन् । आन्नद एल रायले शाहरुखको अपोजिटमा दीपिकालाई फाइनल गरेका थियो तर दीपिकाको तालिका निकै व्यस्त भएको कारण उनको ठाउँ कैटरीनाले लिएकी हुन् । शाहरुख खानले यो फिल्मको शूटिंग डिसेम्बरबाट सुरु गर्नेछन् ।