सुपरमोडल र बलीवुड एक्टर मिलिन्द सोमन सधै सशक्त मुद्धामा कुरा गर्ने व्यक्तिको रुपमा परिचित छन् । हालैमा एक अखबारसँग कुराकानीको दौडानमा मिलिन्दले खुलेरै बलीवुड इन्डस्ट्रीको विषयमा कुराकानी गरेका छन् । मिलिन्दले बताएका छन् कि ‘आजको समयमा कोही पनि सुपरमोडल छैनन् । सुपरमोडलत परको कुरा, अब कोही सुपरस्टार पनि छैनन् । शाहरुख, सलमान र आमिरपछि कुनै सुपरस्टार हुने छैनन् । रणवीर सिंह, सिद्धार्थ मल्होत्रा जस्ता पनि एक्टर्स छन्, जो साधारण भुमिका निभाउँदै आएका छन् । अब कोही पनि सुपस्टार चाहदैनन् र कोही सुपरमोडल पनि । अन्तरराष्ट्रीय स्तरमा पनि कैट मस नै अन्तिम सुपमोडल थिइन ।’